क) प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रमा किराना तथा खाद्य व्यवसायी हरुका विचमा सुमधुर सम्बन्ध कायम राख्दै आपसी सदभाव अभिवृद्धि गर्ने ।

(ख)  किराना तथा खाद्य व्यवसायी हरु विचमा स्वस्थ प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने ।

ग) किराना तथा खाद्य व्यवसायी हरुको हक, हित, सुरक्षित गर्ने गराउने

 घ) थोक तथा खुद्रा विक्रेता विचमा समन्वय कायम राखी व्यापार अभिवृद्धि गर्ने ।

ङ) संघका सदस्य हरुको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका लाग तालिम लगायतका अन्य रचनात्मक कार्य हरु गर्ने ।

च) उपभोक्ता हित संग सम्बन्धित प्रचलित कानुन, ऐन नियम हरुको पूर्ण पालना गर्दै उपभोक्ता हरु लाई गुणस्तरीय वस्तु र सेवा प्रदान गर्ने ।

छ) बदलिदो कानुन र व्यापारमा आईपरेको नयां चुनौती हरुको समिक्षा गर्दै किराना तथा खाद्य व्यापार स्तरीय बनाउन आवश्यक पहल गर्ने ।

ज) स्वदेशी स्तरियता उत्पादित वस्तुहरुलाई प्रोत्साहन गर्दै यस्ता वस्तुहरुको स्तरियता तथा गुणको वारेमा उपभोक्ता हरुलाई सुरुचित गराउने ।

झ) किराना तथा खाद्य व्यापारमा देखिएको एकाधिकार, अनुचित व्यापारिक क्रियाकलाप द्धारा मूल्यवृद्धि, झुठ्ठा तथा भ्रमात्मक प्रचार अनियमित मूल्य वृद्धि जस्ता विकृति हरुलाई निस्तेज पार्दै स्वच्छ प्रतिस्पर्धात्मक भावनावाट व्यवसाय संचालन गर्न व्यवसायीहरु लाई अभिप्रेरित गर्ने ।

ञ)  संघका तर्फवाट छुट्टै कोषको स्थापना गरी सामाजिक कार्यमा लगानी गर्ने । 

ट) समान उद्देश्यले स्थापित अन्य संघ संस्था र व्यक्तिका विचमा निकटतम सम्बन्ध कायम राख्दै संगठित रुपमा सामाजिक कार्यमा लाग्न सदस्यहरुलाई उत्प्रेरित गर्ने ।

 ठ) यो संघ कुनै राजनैतिक संघ संस्थाहरु संग कुनै शर्तमा आवद्ध नरही विशुद्ध व्यवसायी संस्थाको रुपमा रहनेछ ।

ड)  किराना तथा खाद्य व्यवसायी एंव श्रमिक सम्बन्धी भै झगडा र निवेदकको मध्यस्था गर्ने


 

Copyright © 2025 All Rights Reserved.

Powered by
Ninja Infosys